logo

‘एप्पल गाउँ’मा सामसुङले किन बाँड्यो ग्यालेक्सी एस नाइन ?

Oct 02, 2018

अमेरिकी कम्पनी एप्पलले हालै आफ्ना तीन नयाँ आइफोन सार्वजनिक गर्यो । नयाँ आइफोन लञ्च भएसँगै सबैको चर्चाको विषय बनिरहेको एप्पललाई खिसिट्युरी गर्न भने यसकै प्रतिस्पर्धी कम्पनीहरु तम्सिएका छन् ।विभिन्न स्मार्टफोन निर्माता कम्पनीहरुले एप्पलमाथि ट्रोल गरिरहेका छन् । यस मेलोमा सुरुमा रह्यो साओमी र त्यसपछि हुवावे । अहिले सामसुङले पनि यस्तै उटपट्याङ्ग गरेर एप्पललाई झट्का दिने कोसिस गरेको छ ।

सामसुङले आफ्नो मार्केटिङ अभियानको क्रममा नेदरल्याण्डको एक गाउँका मानिसहरुलाई सित्तैमा ग्यालेक्सी एस नाइन स्मार्टफोन बाँडेको छ ।नेदरल्याण्डको एप्पल नामक गाउँका बासिन्दाहरुलाई सामसुङले ५० वटा ग्यालेक्सी एस नाइन निशुल्क रुपमा बाँडेको हो ।उक्त गाउँके कूल जनसंख्या ३ सय १२ जना रहेको छ । गाउँको नाम नै एप्पल रहेको हुँदा सायद एप्पल कम्पनीलाई सबक सिकाउनका लागि सामसुङले त्यो गाउँ रोजेको हुनसक्छ । एप्पल गाउँका मानिसलाई सित्तैमा आफ्ना स्मार्टफोन थमाइदिएर सांकेतिक रुपमा एप्पलको मुटुमै धावा बोलेको देखाउन खोजेको हुनसक्छ ।

सो गाउँका एक किशोरको सहयोगमा सामसुङले गाउँलेहरुालई सित्तैमा स्मार्टफोन बाँडेको हो । अझ रोचक त के छ भने ती किशोर आइफोनका फ्यान हुन् ।सामसुङको ग्यालेक्सी एस नाइनको मूल्य झण्डै ९० हजार रुपैयाँ जति पर्दछ ।स्मरण रहोस् यसअघि चिनिया कम्पनी हुवावेले पनि अचम्मको ट्रिक लगाएर एप्पललाई ट्रोल गरेको थियो ।

जस अनुसार कम्पनीले सिंगापुरमा आइफोन खरीदका लागि एप्पल स्टोर बाहिर लाइन लागेको मानिसहरुलाई पावर ब्यांक बाँडिएको थियो । उक्त पावर बैंकको खोल बाहिर लेखिएको थियो- यो पावर ब्यांक हो । आगामी दिनमा तपाइँलाई यसको आवश्यकता पर्नेछ ।साथै हुवावेले आइफोन खरीदका लागि लाइनमा बसेका मानिसहरुलाई जुस पनि खुवाएको थियो । स्मरण रहोस् आइफोनहरुमा ब्याट्री नखप्ने समस्याका कारण एप्पल प्रयोगकर्ताको आलोचनामा पर्दै आएको छ ।

एजेन्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com