logo

मोडल अभिषेकलाई मेरो आँखा मेरो बोली कस्तो लाग्यो भन्दै इजरायलबाट गरिमा (भिडियो सहित)

Apr 01, 2019

प्रवासमा रहेर पनि नेपाली कला जगतलाई अतुलनीय माया गर्दै नेपाली कला संस्कृतिको श्रीवृद्धिमा योगदान दिने थुप्रै नेपालीहरु भएको एक देश इजरायल पनि हो । बैदेशिक रोजगारीको सिलसिलामा यहाँ आएका थुप्रै नेपालीहरुले आफ्नो कामको व्यस्तताको वाबजुद पनि अमुल्य समय निकालेर नेपाली गीतसंगीतमा आफुले सकेको योगदान दिदै आएका छन् जस मध्येकी हुन उदायिमान गायिका गरिमा केसी ।

आधुनिक युवा पिढीको रोमान्टिक मायाप्रेम भावार्थलाई समेटेर गायिका केसीले केहि महिना पहिले नेपालको पहिलो अन्तर्राष्ट्रिय गायन रियालिटि शो नेपाल आइडल सिजन १ का पहिलो रनर अप निशान भट्टराईसंग मिलेर “मेरो आँखा मेरो बोली कस्तो लाग्यो तिमीलाई, मैले लाको बुट्टे चोली कस्तो लाग्यो तिमीलाई” बोलको गीत गाएकी छिन् । जसको म्युजिक भिडियो पनि द डिभाइनी म्युजिकको युटुब च्यानल मार्फत रिलिज भएको हो ।

हालसम्म लगभग चार लाख भ्युरले उक्त म्युजिक भिडियो हेरिसकेका छन् । नेपाली युवापिढिको मन मस्तिष्कमा बस्न सफल भएको उक्त गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ भने शब्द दिग्जै देउरालीको रहेको छ । गीतको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठको अभिनय रहेको छ ।

अभिषेक श्रेष्ठ कुनै समय चर्चित नेपाली स्टार अनमोल केसीको डुप्लिकेट भन्दै भाइरल भएका व्यक्ति हुन् । अहिले उनले निशानको गीतमा अभिनय गरेका छन् नायिका करिश्मा श्रेष्ठसँग । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन् भने रामप्रसाद चोधरीको सम्पादन रहेको छ ।

गायिका गरिमा केसीले सन् २०१२ मै सौगात नामक एल्बम पनि बजारमा ल्याएकी थिइन् । जसमा ५ वटा गीतहरु रहेको थियो जसको “दिलै हलचल” नामक गीतको म्युजिक भिडियोले त्यो बेला निकै तहल्का मचाएको थियो । तेस्तै सोहि एल्बमको “हास्नु पर्छ भन्नेले” बोलको गीतको म्युजिक भिडियो पनि हिट भएको थियो । यस्तै सोहि एल्बमको “मायामा कति चोट पाए” बोलको गीतको चर्चित रहेको थियो भन्ने “यसपाली पनि हाँस्ने रहर” र “सुनचाँदी चाहिदैन” बोलको गीत पनि चर्चामा रहेको थियो ।

इजरायलमा हुने बिभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरुमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी गायिका केसी इजरायलबासी नेपालीहरु बीच पनि लोकप्रिय छिन ।

दर्शकहरुको असिम माया र समर्थनले आजसम्मको कला यात्रा तय गरेकी केसीले आगामी दिनमा पनि यस्तै हौसला र माया पाउदै गए नेपाली सांगीतिक आकाशमा एक सफल गायिका रहने छिन् भन्ने बिश्वास गर्न सकिन्छ ।

भिडियो :

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com