logo

भारतमा साबित्राले ४ गोलसहित म्याच अफ दी वुमन संगै दमदार प्रदर्शन, पुरा पढ्नुहोस

May 06, 2019

काठमाडौँ, २३ बैशाख ।

नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारीले भारतीय महिला लिगको डेब्यू खेलमा नै शानदार प्रदर्शन गरेकी छन् ।

सेथु फुटबल क्लबमा आबद्ध साबित्रा डेब्यू खेलमा ४ गोलसहित म्याच अफ दी वुमन भइन् । उनको टोली सेथुले मणिपुर पुलिस स्पोर्टस क्लबमाथि ६-४ को शानदार जित निकाल्दा साबित्राले ४ गोल गरिन् । पहिलो हाफमा १ पछि अर्को गोल थपेकी उनले दोस्रो हाफमा भने गोल गर्न सकिनन् ।

खेल सूरु भएको एक मिनेटमा नै पहिलो गोल गरेकी साबित्राले १५ औं मिनेटमा दोस्रो तथा ३४ औं मिनेटमा ह्याट्रिक पूरा गरीन् । पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै साबित्राले आफनो ब्यक्तिगत गोलसंख्या पुर्‍याएकी थिइन् ।

सेथेुका लागि दोस्रो हाफमा ग्रेसले २ गोल गर्दा एक गोलमा साबित्राले पास उपलब्ध गराएकी थिइन् । नेपालकी अर्की अनिता बस्नेतले भने सोमबारको खेलमा मौका पाइनन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com