logo

पुरुषहरुको तुलनामा महिलाहरुबाटै बढीजसो पीडित छन् : प्रभा ढुङ्गेल, पुरा पढ्नुहोस

May 09, 2019

प्रभाकुमारी ढुंगेल : हिजोका दिनमा उहाँ आफू स्वयम् घरेलु हिंशाबाट पीडित थिइन । घरेलु हिंशाबाट मुक्तिका लागि उनले ठूलै संघर्ष गर्नु पर्यो । उनले आफ्नो हकाधिकार प्राप्तिका लागि कानूनको समेत सहारा लिनु पर्यो तर आज परिस्थिति बदलिएको छ । प्रभाकुमारी ढुंगेल आज पीडित हैन बरु पीडितहरुले न्याय पाउन भनेर न्याय प्राप्तिका लागी लड्ने योद्धाका रुपमा अगाडी छिन । आजका दिनमा उनी घरेलु हिंशाबाट पीडित महिला तथा बालबालिकाहरुको हक अधिकार प्राप्तिका लागि आवाज बुलन्द गर्छिन । त्यसका लागि उनी सडकमा नारा लगाउने काम होस् अथवा प्रहरी प्रशासनलाई गुहार्ने काम होस् वा अड्डा अदालतमा न्यायका लागि धाउने काम नै किन नहोस, उनी यी सबै कामका पनि ‘नेपाल नारी चेतनशील संघ’ मार्फत कहिले एकलै त्दौ कहिले आफ्नो कार्यसमितिका साथीहरुसँग दौडिरहेकी हुन्छिन ।

“नेपाल नारी चेतनशील संघ” बिगत दश बर्षदेखी राजधानीको चाबहिलमा केन्द्रीय कार्यालय राखेर घरेलु हिंशाबाट पीडित महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको एउटा गैरसरकारी संस्था हो । गत चैत्र महिनामा सम्पन्न संघको साधारण सभाबाट प्रभाकुमारी ढुङ्गेल संघको अध्यक्षमा सर्बसम्मत रुपमा चुनिएकी थिइन्. यसघि उनी सोही संस्थाको उपाध्यक्ष पदमा रहेर कार्य गरिरहेकी थिइन ।

नवनिर्बाचित अध्यक्ष प्रभाकुमारी ढुङ्गेलबाट प्राप्त जानकारी अनुसार यस संस्थाले स्थापनाकालदेखि नै पीडित महिला तथा बालबालिकाहरुका लागि नि:शुल्क परामर्श तथा कानुनी लडाई लड्दै आइरहेको छ जसका लागि संघलाई दुई जना मनकारी कानून ब्यबसायीहरुको नि:शुल्क साथ र सहयोग प्राप्त भैरहेको छ । महिलाहरुको संस्था भए तापनि यस संस्थाका आजीवन सदस्य र सल्लाहकार पुरुष पनि छन् जसले नेपाल नारी चेतनशील संघमा आवद्ध दिदीबैनीहरुलाई सहयोग गरिरहेका छन् ।

अध्यक्ष ढुंगेलका अनुसार यस संस्थाले घरेलु हिंशा नै नहोस भनेर सचेतना कार्यक्रम समेत संचालन गर्दै आएको छभने विशेषत: महिलाहरुलाई लाग्ने स्तन क्यान्सर रोगका बारेमा पनि अधिराज्यका बिभिन्न ठाउंहरुमा क्याम्प राखेर स्वास्थ्य प्रति जागरुक बनाउने काम गरिरहेको छ।पीडित महिलाहरुको उजुरीको यस बेला संस्थामा चांग नै छ भन्दा पनि हुन्छ । त्यसैले आगामी योजनाहरु के छन् भन्दा अध्यक्ष ढुङ्गेल- पीडित महिलाहरुले स्वरोजगार गरेर केही आय आर्जन गर्न सकुन भनेर अबको केही दिनमै हामी बिभिन्न शिपमुलक तालिमहरु संचालन गर्ने तयारी गरिरहेका छौं । क्रिस्टलको माला बनाउने, बेकरी, मखमलको जुत्ता बनाउने आदिबाट हामी त्यसको सुरुवात गर्ने सोचाइमा छौं ।

सिंहदरबार जहाँ नै आई पुगे पनि राज्यबाट यो संस्था चलाउन हामीले कुनै सहयोग प्राप्त गर्न सकेका छैनौ, अब स्थानीय निकाय बलियो भएको अवस्थामा अब चै केही हुन्छ कि भन्ने पनि हामीले आशा गरेका छौं । संस्था चलाउनु सजिलो छैन, यसका लागि हामी कार्यसमितिका साथीहरु बाट र केही सहयोगी मनहरु बाट हामीले केही व्यक्तिगत सहयोग मात्रै पाएका छौं ।

संस्थालाई महिला तथा बालबालिकाको क्षेत्रमा मात्र सीमित राख्ने सोंचाईमा हामी छैनौ । त्यसैले म अध्यक्ष भएपछी नै हामीले दुईवटा भव्य कार्यक्रम गरिसक्यौं जसमा नेपाली भाषा सह्तियाको क्षेत्रमा अमूल्य योगदान गर्ने तीन जना विशिष्ट व्यक्तिहरु र समाजसेवाको क्षेत्रमा योगदान गर्ने एकजना व्यक्तिलाई नगद पुरष्कार सहित पुरस्कृत र सम्मानित पनि गरिसक्यौं । आउने दिनहरुमा पनि हामी यसलाई निरंतरता दिने कुरामा दृढ संकल्पित छौं । समाजसेवाको क्षेत्रमा अग्रसर यो संस्थालाई सुचारु रुपमा चलाउन हामीले सबैको साथ् र सहयोगको अपेक्षा राखेका छौं ।

नेपाली नारी चेतनशील संघका अध्यक्ष प्रभाकुमारी ढुङ्गेलको सबै विचार जान्नका लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस.



यो भिडियो पनि हेर्नुहोस

इजरायलबाट भूकम्प पिडितको नाममा उठेको पैसा कहाँ छ, किन अहिले सम्म सर्बजनिक भएन, भिडियो हेर्नको लागि तलको LINK मा CLICK गर्नुहोस

“प्रवास व्यक्ति विशेष व्यक्तित्व” कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका अध्यक्ष श्री जगत बाहादुर बारामसंग घम्सा घम्सी …..

“REKHA SHRESTHA”नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी



हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com