logo

इटहरीमै १२ करोडको लगानीमा होटल इन टूरिस्ट स्तरीय होटल खुल्यो

Jun 02, 2019

इटहरीः इटहरी– ६ स्थित संगीत चौकनजिक होटल इन टूरिस्टको औपचारिक उद्घाटन भएको छ । संगीतकर्मी कालिप्रसाद वास्कोटाले रिवन काटेर होटलको औपचारिक शुभारम्भ गरेका हुन् ।


तस्बिरः गुरू ढकाल

कार्यक्रममा संविधान सभाका सदस्य एवंम प्रदेश एक सरकारका कानुन मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारीले स्तरीय होटलले यस यस क्षेत्रको पर्यटन बृद्धिमा टेवा पुुग्ने विश्वास व्यक्त गरे । त्यस्तै व्यवसायिहरु टंक दुलाल र रोहित प्रसाईले गुणात्मक होटलको बृद्धिसँगै इटहरीको परिचय पनि बदलिदै गरेको उल्लेख गरे ।

पर्यटन व्यवसायी सुनिल भुसासलले होटलमा आउने पर्यटकको चाप बढ्दै गएको भन्दै ग्राहकको रोजाइ अनुसारको सुविधा दिनुुपर्ने बताए । उनले सेवा प्रवाहमा विशेष जोड दिनुपर्ने बताए । इटहरी प्रहरी प्रमुख समिरचन्द्र खरेलले होटल व्यवसायले पर्यटन बृद्धिमा जोड दिने भए पनि अपराधी लुुक्ने सम्भाव्य स्थान भएको हुँदा विशेष सतर्क रहनुपर्ने बताए । उनले पर्यटकीय क्षेत्रको विस्तारमा महत्पुुर्ण योगदान पुुर्याउने यो व्यवसायलाई सुरक्षा प्रदान गर्न राज्यको तर्फबाट कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

हाेटलका सीइअाे जीवन पराजुलीले यस क्षेत्रकाे पर्यटकीय गन्तव्यमा अाउने पर्यटकलाइ लक्षित गरेर खाेलिएकाे हाेटलले स्तरीय सेवा प्रदान गर्ने जानकारी दिए । हाेटलका प्रबन्धक निर्देशक मिसन पराजुलिले पूर्वकाे बढ्दै गरेकाे पर्यटकीय चापलाइ मध्यनगर गर्दै तारेहाेटलकाे स्तरमा सुविधासहितकाे हाेटल खाेलिएकाे उनले जानकारी दिए ।

61565570_2057100904586883_6997413542445973504_n

कस्तो छ होटल इन टूरिस्ट प्यालेस ?
व्यवासायीहरु इश्वरी पराजुली र जीवन पराजुलीको सक्रियतामा करिब १२ करोडको लगानीमा होटल खोलिएको हो । स्तरीय तारे होटलको सुविधा रहेको उक्त होटलमा ५५ जना पाहुनाहरू अट्ने एसीसहितको सेमिनार हल रहेको होटलका प्रबन्ध निर्देशक मिशन पराजुलीले जानकारी दिए ।

२५ सय देखी ८ हजार सम्मका विभिन्न २३ कोठाहरू भएको होटलमा ७ वटा चारपांग्रे र दर्जन दुई पाङ्ग्रेको पार्किङ सुविधा भएको पराजुलीले जानकारी दिए । उनले भने, ‘हाम्रो होटल सुविधाका हिसाबमा तारे लेभलकै छ ।’

२५ सयको एसी एलर्जिक ग्राहकहरूको लागी इकोनोमिक रुम देखी ८ हजारको प्रेसिडेन्सियल स्विट रुम आफ्नो होटलमा भएको पराजुली बताउँछन । हरेक रूपमा ४३ इन्चका टिभी राखिएको बताएका पराजुलीका अनुसार, प्रेसिडेन्सीयल स्विट रूपमा ६५ इन्चको टिभी, किंग्स साइजको बेट देखी अत्याधुनिक फर्निचर, दुईवटा एसी देखी बाथटप सम्मका सुविधाहरू रहेका छन ।
जेठ २४ गते सम्म रहेको ओपनिङ सेरेमोनिमा विशेष सहुलियत रहेको संचालकले जानकारी दिएका छन् । यो समाचार प्रदेश पोर्टलमा छ |

यो भिडियो पनि हेर्नुहोस

इजरायलबाट भूकम्प पिडितको नाममा उठेको पैसा कहाँ छ, किन अहिले सम्म सर्बजनिक भएन, भिडियो हेर्नको लागि तलको LINK मा CLICK गर्नुहोस

“प्रवास व्यक्ति विशेष व्यक्तित्व” कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका अध्यक्ष श्री जगत बाहादुर बारामसंग घम्सा घम्सी …..

“REKHA SHRESTHA”नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com