logo

इजरायलले सिरियामा आइतबार आक्रमण गर्दा, दश जना मारिए, पुरा पढ्नुहोस्

Jun 02, 2019

बेरुत / इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् ।सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई प्रतिरक्षा अखाडामा आक्रमण गरिएको उल्लेख छ ।बेलायतस्थित एक युद्ध अनुगमनकर्ता निकायका अनुसार सिरियाको राजधानी दमास्कस नजिक हवाई आक्रमण गरिएको र त्यहाँ सिरियाली सैनिक, इरानी सैन्य तथा हेजबुल्लाह लडाकूहरु रहेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफूले हवाई आक्रमण गर्न आदेश दिएको बताउनुभएको छ ।उहाँले आफ्नो भूमिभित्र कसैले आक्रमण गरे त्यो सह्य हुन नसक्ने बताउँदै इजरायलभित्र कसैले आक्रमण गरे त्यसको डटेर प्रत्याक्रमण गर्ने स्पष्ट गर्नुभयो ।इजरायलले सिरियामा सयौं हवाई आक्रमण गरेको थियो । यी आक्रमणहरु मुख्यतः सिरियामा रहेका इरानी र हेज्बुल्लाह लडाकू विरुद्ध केन्द्रित छन् ।



यो भिडियो पनि हेर्नुहोस

इजरायलबाट भूकम्प पिडितको नाममा उठेको पैसा कहाँ छ, किन अहिले सम्म सर्बजनिक भएन, भिडियो हेर्नको लागि तलको LINK मा CLICK गर्नुहोस

“प्रवास व्यक्ति विशेष व्यक्तित्व” कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका अध्यक्ष श्री जगत बाहादुर बारामसंग घम्सा घम्सी …..

“REKHA SHRESTHA”नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी



हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com