logo

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको अध्यक्षमा तारा काउचा मगर निर्बाचित ,

Jun 17, 2019

रेखा श्रेष्ठ, इजरायल –

नेफिन इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा १४ जुन शुक्रबार भव्यरुपमा हालै सम्पन्न भएको छ , ”विश्वका आदिवासी जनजाती एक हौँ” आफ्नो भाषा, भेष-भुषा, कला, सस्कार, संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गरौं भन्ने मुल नाराका साथ पिछाडिएका आदिवासी वर्गहरुको हक अधिकार र पहिचानका मुद्वाहरुलाई निरन्तरता दिनको निमित्त इजरायलमा स्थापना भएको नेपाल आदिवासी जनजाती महासंघ इजरायलले सातौं बार्षिकोत्सव तथा साधारण सभा गत शुक्रबार १४ जुन २०१९ मा सम्पन्न गरेको छ |

पहिलो चरणको कार्यक्रमको सभापति नेफिन इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि नेफिन इजरायलको संस्थापक अध्यक्ष तेन्जिन शेर्पा , बिशेष अतिथिमा एन.आर.एन.ए. इजरायलका अध्यक्ष शान्ता ज्ञवाली अधिकारी थिए भने अतिथिहरुमा नेफिन इजरायलका पूर्व अध्यक्षहरु , महासंघमा आवाद्ध आठ वटा राष्ट्रिय आदिवासी जनजाती संस्थाका अध्यक्षहरु हुनुहुन्थियो भने इजरायलमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत मिडियाकर्मीहरु, राष्ट्रिय आदिवासी जनजाती पहिचानको भेषभुषा र इजरायल वासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो l

दोश्रो चरणको कार्यक्रम नेपाल आदिवासी जनजाती महासंघ इजरायलको अधिबेसन तारा काऊचा मगरको अध्यक्षतामा १६ सदस्य सचिबालय कार्यसमिति चयन भएको छ |

साधारण सभाले तारा काउचा मगरलाई नेफिन इजरायलको अध्यक्षमा चयन गरेको छ भने वरिष्ठ उपाध्यक्षको जिम्मा पेमा डोमा ह्योल्मो, उपाध्यक्षहरुमा देब कुमार ख़ालीङ राई ,आङ छिरिङ शेर्पा , एलिजा दोङ तामाङ, नुमा कान्वभा बखिम, स्वस्तिका श्रेष्ठलाई दिएको छ , त्यस्तै महासचिवको जिम्मेबारी खुसी घलेले पाएकी छिन,सचिबहरुमा छोङ्बा शेर्पा , निङमा घीसिङ तामाङ,शान्ति गुरुङ, कशिश वान्तवा राई, दावा सोनाम ह्योल्मो, मन कुमारी मगरले पाएकी छिन भने कोषको जिम्मेबारी कोषाध्याक्ष आइन्द्र लिम्बु र सहकोषाध्यक्ष बिमला श्रेष्ठले पाएकी छिन |

यसै गरी नेपाल आदिवासी जनजाती महासंघको सल्लाहकारहरुमा दिपक राना मगर ,नरेश कुमार श्रेष्ठ, ल्होप्साङ लामा ह्योल्मो, डम्बर गुरुङ,दावा छिरीङ शेर्पा, गीता तुम्बाहाम्फ़े,अनिता तामाङ र बाल कुमार राईलाई चयन गरेको छ,भने महासंघले पूर्व अध्यक्षहरुलाई संरक्षक परिषद सदस्यमा चयन गरेको छ | नव निर्वाचित पदाधिकारीहरुलाई इजरायलमा पहिलोपटक निर्वाचन समितिका संयोजक नरेश कुमार श्रेष्ठले नेफिनमा आवद्ध आठ राष्ट्रिय नेपाली भाषामा सपथ ग्रहण गराएका थिए |

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com