logo

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको अध्यक्षमा गीतकार कादम्बरी दाना श्रेष्ठ निर्बाचित

Jun 17, 2019

रेखा श्रेष्ठ, इजरायल,

नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा  शुक्रबार योसधामाला ४४ तेलअभिभको एक हलमा भव्यरुपमा हालै सम्पन्न भएको छ ।

पहिलो चरण कार्यक्रमको सभापति पूर्व अध्यक्ष पेमा लामा हुनुहुन्थियो भने प्रमुख अथिती एन. आर. एन. ए. इजरायलकी अध्यक्ष शान्त ज्ञवाली अधिकारी त्यस्तै विशेष अथितीमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठले गरेका थिए भने अतिथिहरुमा इजरायलमा स्थापित  बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि साथै इजरायलमा कार्यरत नेपालीहरुको उलेख्या मात्रामा उपस्थिती रहेको थियो ।

दोस्रो चरणको कार्यक्रम अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको साधारण सभा गीतकार कादम्बरी दाना श्रेष्ठको अध्यक्षतामा एक संरक्षक एक प्रमुख सल्लाहकार दुइ सलाहकार र २३ सदस्य कार्यसमिति  चयन गरेको छ |

साधारण सभाले गीतकार कादम्बरी दाना श्रेष्ठलाई अध्यक्षको जिम्मेबारी दिएको छ, भने वरिष्ठ उपाध्यक्षको जिम्मेबारी पत्रकार अनिल सिंह राजपुतले पाएका छन् भने उपध्यक्षहरुमा पदमा गुरुङ, राज लिम्बु र  सारा लामाले पयाकी छिन,  महासचिवको जिम्मेबारी  युनिका गुरुङलाई दिईएको छ, भने सचीवमा  सुर्य राना मगर,   कोषको जिम्मेबारी कोषाध्यक्ष  नुतन भुसाल र सहकोषाध्यक्ष दुर्गा बिसिले पाएकी छिन, त्यस्तै  सांस्कृतिक बिभाग प्रमुखको जिम्म्बेबरी स्वस्तिका श्रेष्ठ, उपप्रमुख  अन्जु मोक्तान,  सांस्कृतिक बिभाग सल्लाहकार  प्रीनिसा कन्दङ्वा र  सांस्कृतिक बिभाग सल्लाहकार  सावित्री राईले पाएकी   छिन , कार्यसमिति सदस्यहरुमा  खुसी निकु,  स्वहम सुब्बा,  जिना सिंह,  जानु छेत्री,  सिता छेत्री,  कुसुम पुर्जा मगर,  कोपिला भट्टराई,  सुदिप लिम्बु,  इसा सर्मा र काब्य छेत्रीचयन भएकी छिन,  भने  अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको संरक्षकमा  कृष्ण रायमाझी, प्रमुख सल्लाहकारमा  पेमा लामा,  सल्लाहकार  देब बास्कोटा र  सल्लाहकार  सीता घिसिङले  जिम्मेबारी  पाएकी छिन ,

कार्यक्रम राज लिम्बूले कुसलता पुर्बक संचालन गरेको थियो ,

यो भिडियो पनि हेर्नुहोस

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com