logo

दुवै तिर माया प्रेममा प्रगाढ हुँदा सानो र ठुलो जातको कुरै हुदैन, किन ? पुरा पढ्नुहोस

Jun 23, 2019

माथि ठूलो पहाड। मुनि खहरे खोला। बीचमा मेरो गाउँ (पाखाबारी)। गाउँमा व्याप्त बेरोजगार। वल्लोपल्लो ठूल्बाबाको छोरा र माथिल्लो घरे रामेसँग घुम्नुको विकल्प थिएन म (किरण) सँग। बा पनि गाउँमा काम नपाउँदा बेरोजगारजस्तै थिए। एकाएक बा (हरिभाने) तराई झर्ने सोच बनाए। अब यहाँ केही काम छैन भन्दै आमासँग कुरा गर्दा म मकै खाँदै थिए। उक्त कुरा सुन्दा यस्तो खुसी भए, खुसीले बाबाको गालामा डाम बस्ने गरी म्वाइँ गरेछु।

बाबाको निर्णयलाई आमाले नकार्ने कुरै थिएन। आमाले मुन्टो हल्लाउँदै बाको कुरामा समर्थन गरिन्। त्यस लगत्तै गाउँमा हल्ला भयो, ‘किरणका बाबुछोरा तराई जाने भए।’ केही दिनपछि नेपालगन्जको यात्रा तय भयो। घरबाट बिदा हुँदा आमाको आँखाभरि आँसु भरिए। भित्रभित्रै बा पनि हुक्कहुक्क गर्दै रुन थाले। भित्रै आँसु लुकाए तर उनी रुएको दुरुस्तै देखिन्थ्यो। तर मलाई भने आमाबाको त्यो छुटिँदाको पीडाको मतलब थिएन। कतिबेला तल बजार झर्ने र गाडी चड्न भन्नेमै ध्यान थियो। बा आँगनको डिलबाट खुट्टा बढाउँदै थिए। आमा हात हल्लाउँदै ठूलो डाँको छाडेर रुन थालिन्। वल्लापल्ला घरका सबै जना जम्मा भएका थिए। उनीहरूले आमालाई सम्झाउँदै थिए। तर, आमाको मन थामी नसक्नु थियो। जब आँगनको डिल छाडेर हामी ओरालो झर्दै आइम्। बाबाले धेरै कुरा सम्झाउनु भयो। सहरमा हुने विकृति विसङ्तीका बारेमा धेरै कुरा भन्नुभयो। तर मैले सुनेन्। किनकि मेरो शरीर नपुग्दै मन नेपालगन्ज पुगिसकेको थियो। सानो छँदा पहिले पनि नेपालगन्ज आएको थिएँ। चाक्लो बाटो। वर्खामा घरको आँगनमा लस्करै हुने कमिलाको ताँतीजस्तै गाडी, रिक्सा। यो सोच्दै थिए। बाले सम्झाउँदै थिए। गाडी पाइने ठाउँ पुगिम्। पहिला नै टिकट भनिसकेकाले सहज टिकट पाइयो। केही छिनमा गाडी नेपालगन्जतिर हिँड्ने तरखरमा हुन्छ। म झ्यालतिर गएर बसे। बा त्यहीँनेर आएर बसे। गाडी हिँड्यो। बा पनि निदाए। को सँग कुरा गर्नु।

सूर्य अस्ताउँदै थियो। गाडी नेपालगन्ज नजिकिँदै थियो। जब सूर्य अस्तायो गाडी पनि नेपालगन्ज पुग्यो। पुष्पलाल चोकबाट बाहिर निस्कँदा चर्काे गर्मी। हावा पनि तातो। घरमा चिसो हावापानीसँग रमाएको म गर्मीको पनि प्रवाह गरेन। होटलमा केही दिन बस्यौं। कोटा खोज्दै जाँदा नयाँ बस्तीमा कोठा भेटियो। कोटा पाउँदा झनै खुसी भएँ। जब बसाइँ व्यवस्थित बन्न थाल्यो। बा ले एक कम्पनीमा काम गर्न थाले। पछि मलाई पनि सोही कम्पनीमा काम लगाए। एक दिन कम्पनीको कामले बजार गए। मान्छेको भिडभाड थियो। यातायातका साधन पनि उस्तै। त्यहीँ नचिनेको भीडमा एउटा परिचित लाग्ने तर अपरिचित (सूर्या) सँग आँखा ठोकियो। लाग्यो यो पहिले देखिनै मेरो मन मिल्ने साथी हो। तर त्यस्तो थिएन। ऊ पहिलो पटक देखिई। उसले एकोहोर हेर्न थाली। मैले पनि आँखामा आँखा जुधाएर हेरे। न ऊ आफ्नो गन्तव्यतिर पाइला सार्न सकी नत मैले नै।

दुवैतिर माया प्रगाढ हुँदा हाम्रा सामु त्यो कथित तल्लो र माथिल्लो जातको कुरै आएन। मात्र कसरी जीवन जिउने र समाज बदल्ने कुरा आउन थाले।
एकोहोरो भएर एक अर्काप्रति हेराहेर भयो। गाडीको हर्नले गुञ्जमान भिड एकाएक एकान्त लाग्यो। अरुबेला हर्नले दिक्क लाग्ने मलाई त्यतिबेला उसले बोलाएको आवाज जस्तो सुने। ऊ एक पाइला अघि सारी। अहँ, मेरो पाइला सर्दैन। उसले जबरजस्ती आफ्नो गन्तव्यमा पाइला बढाई। अहँ, थाहा छैन त्यो को हो ? कहाँ बस्छे ? के गर्छे ? कहाँ जान लाकी हो ? त्यो भेट मेरा लागि विशेष रह्यो। जुन मैले कल्पना गरेको थिएन। कोठा फर्किए। मनमा अनेकौं कुरा खेल्न थाले। कहाँ, कसरी, कतिबेला भेटौँ हुन थाल्यो। धेरै मेहनतपश्चात् पुनः भेट भयो। उसले केही कुरा गर्न खोजेजस्तो लाग्यो। मलाई पनि कुरा गर्नै थियो। इसारामा बोलाएँ। ऊ आई। चिनजान भयो।

०००

नेपालगन्जबाट पर (स्याली बजार) बस्दो रहिछे। म दमाईको छोरा ऊ शाही अर्थात् ठकुरीको छोरी। थर नमिल्ने। कथित समाजले दिएको दर्जा मेरो एकोहोरा प्रेमका अगाडि दुस्मनझैं आयो। मैले कुरा खोलेन। बिस्तारै भेटघाट बाक्लिँदै गयो। एक अर्काेप्रति गहिरो चिनजान हुँदै गयो। म उसको मायामा उत्रन नसक्ने गरी डुबेको थिएँ। उसमा पनि माया पलाउँदै रहेछ। दुवैतिर माया प्रगाढ हुँदा हाम्रा सामु त्यो कथित तल्लो र माथिल्लो जातको कुरै आएन। मात्र कसरी जीवन जिउने र समाज बदल्ने कुरा आउन थाले। एक दिन ठूलो आँट गरेर भने, ‘लौ हामी भागौं।’ यो समाजका अगाडि हाम्रो प्रेम सफल भयो। म सँग ऊ (सूर्या) को थर मिलेन भनेर सूर्याका आफन्त नलागेका होइनन्। हाम्रो मायाको लागि हामी हिरासत बस्न समेत तयार भयौं। तर, अहँ, हाम्रो मायाका अगाडि कसैको केही लागेन। अन्ततः जातको हार भयो। र, हाम्रो प्रेमको जित भयो। यो समाचार नागरिक न्युजमा छ |

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com