logo

केन्द्रिय अध्यक्ष रेशम गुरूङ तमु समाज, इजरायलकाे आठौँ अधिवेशनलाई सम्बाेधन गर्न इजरायल आउदै | भिडियो सहित ।

Jun 29, 2019

रेखा श्रेष्ठ

तेलअविव इजरायल-

तमु समाज इजरायलको यहि आउने १२ जुलाई २०१९ शुक्रबार तेल अभविव स्थित एभेरेष्ट डिस्को हलमा हुने आठाैं अधिवेशन कार्यक्रमलाइ सम्बाेधन गर्न  केन्द्रिय अध्यक्ष रेशम गुरूङ आउने खबरले  इजरायलवासी तमुहरूमा उत्साह बढेकाे संस्थाकी अध्यक्ष आश माया गुरूङले बताउँनु भएकाे छ ।

“शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने भन्ने उदेश्यका साथ इजरायलमा कार्यरत  तमु (गुरूङ) बुद्विजिवीहरूको एक भेलाले २००६, मा स्थापना गरेको तमु समाज, इजरायलले आफ्नाे माैलिक भेषभुषा, भाषा, लिपि, कला संस्कृति र परम्पराहरूलाइ संरक्षण तथा सम्बर्द्वन गर्दै बिभिन्न किसिमका प्राकृतिक प्रकाेप र राेगबाट पीडितहरूलाइ समाजले  आर्थिक, भाैतिक सहयाेग गर्ने उदेश्यले खोलिएको सस्थाले यहाँ सम्म आईपुग्दा  ४० लाख १५ हजार सहयोग गरिसकेको छ |

इजरायलमा तमु खी ल्होसार भब्यरुपमा सम्पन ? भिडियो हेर्नुहोस

उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रका केन्द्रिय अध्यक्ष श्री रेशम तमुको प्रमुख आथित्यमा सम्पन्न हुने छ भने स्थानिय कलाकार हरुको साथमा बिभिन्न सास्कृतिक कार्यक्रम समेत हुने तमु समाज इजरायलले बिबिसीईलाई जानकारी गराएको छ ।

उक्त कार्यक्रममा सहभागी भइ कार्यक्रमको  शोभा बढाइ दिनु हुनको लागि तमु दाजुभाई दिदीबहिनीहरु र इजरायलमा स्थापित राजनीतिक, धार्मिक, आदिवासी  बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र मिडिया कर्मीहरुलाई तमु समाज इजरायलले उपस्हाथितिको लागि हार्दिक अनुरोध   गरेको छ !

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com