logo

१५ महिनामा केपी ओली सरकारले गरेको ३२ अपराधको सूची यस प्रकारको छ, ( पुरा भिडियो हेर्नुहोस )

Jul 04, 2019

केपी ओलीको सरकार आएपछि ढिलासुस्ती, अवरोधलगायत रोकिएका परियोजनाले पूर्णता पाउने आश गरे पनि जुन जोगी आए पनि कानै चिरेकोसरह भएको छ। १५ महिनामा ओली सरकारले गरेका अधिकांश निर्णयहरु विवादमा पर्ने गरेका छन् । कतिपय निर्णयहरु फिर्ता गर्न बाध्य भएको ताजा उदाहरणहरु छ ।

जन चाहनालाई भन्दा आफ्नो हठलाई लाध्न उद्धत रहेको ओली सरकारलाई सबै तिरबाट निरासा हात लागेको छ ।

आईफा अवार्डबाट फिर्ता हुने सरकारी निर्णयलाई कतिपयले गुठी विधेयकपछि फेरि एक पटक दुई तिहाईको सरकार सामाजिक सञ्जालसँग झुक्न वाध्य भएको अर्थमा व्याख्या गर्न थालेका छन् । फेरि पनि, विदेशी अवार्ड नेपालमा आयोजना हुनुहुँदैन भन्ने होइन । त्यसले नेपाललाई विश्वस्तरमा चिनाउन मद्दत गर्छ । तर, सरकारले पर्यटन प्रवर्द्धनकै उद्देश्यले भारतीय अवार्डमा अरबौं खर्च गर्नु भने बुद्धिमतापूर्ण निर्णय थिएन ।

तीन दशकमा थुप्रै प्रधानमन्त्रीहरू फेरि सकेका छन्। एउटा महत्वाक्षी परियोजना समयमै सम्पन्न गर्न राज्य असफल हुँदै गएको छ, जसको विरोध व्यापक भइरहेको छ। सम्पन्न हुनै लागेको परियोजनामा राजनीतिक हस्तक्षेपलगायत केही स्वार्थी व्यक्ति र समूहको चलखेलका कारण साना तथा ठूला परियोजनाहरू सम्पन्न हुन सकेका छैनन्।

कहिले स्थानीयको अवरोध त कहिले ठेकेदार कम्पनी नै भाग्दा परियोजनाहरू समयमै सम्पन्न हुन सकेको छैन। अझ उदेक लाग्दो त के छ भने, सरकारले त्यस्ता कम्पनीको अनुसन्धान पनि गर्न नसकेको अवस्था छ। देशको ठूलो आर्थिक हिस्सा लगानी गरे पनि प्रतिफल सन्तोषजनक हुन सकिरहेको छैन।

ओली सरकारको १५ महिनामा गरेको ३२ आत्मघाती गोल यस्तो छ हेर्नुहोस भिडियोमा ।

 

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com