logo

प्रचण्ड–नेपालबीच खुमलटारमा गोप्य भेटवार्ता

Aug 12, 2019

काठमाडौं, २७ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन् ।दाहालले आइतबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा भेटवार्ता गरेका हुन् । नेता नेपाल खुमलटारमा अपरान्ह ३ बजे भित्रिएको दाबी स्रोतको छ ।

भेटवार्तामा पार्टीभित्रको आन्तरिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सो भेटवार्ताका बारेमा आधिकारीक केही जानकारी दिइएको छैन ।आफ्ना राजनीतिक भेटहरूलाई बाक्लै बनाएका दाहालले नेपालसँग एक हप्ताभित्र दुई पटक भेटेका हुन् ।भेटवार्तामा प्रदेश २ अन्तर्गत जिल्लाहरूमा देखिएको कमिटी गठनको विवादका विषयमा परामर्श भएको जनाइएको छ ।

दाहाल र नेपालबीचको भेटवार्तामा प्रदेश २ का अध्यक्ष प्रभु साह र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पनि सहभागिता रहेको छ ।प्रधानमन्त्री केपी ओली उपचारका लागि देश बाहिर रहेका बेला नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालसँग परामर्श गरेका छन् ।केही दिन अगाडि पनि दाहालले नेता नेपालका साथै झलनाथ खनाल, महासचिव विष्णु पौडेलसहितका नेताहरूसँग परामर्श गरेका थिए ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com